रघुवीर महासेठ, फाइल तस्वीर ।


धनुषा – धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन महासेठले नेपाली काङ्ग्रेसका उम्मेदवार महेन्द्र यादवलाई एक सय २४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएकोे हो ।

पूर्वमन्त्री तथा एमालेका उम्मेदवार महासेठले ३२ हजार २३६ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित महासेठ एमालेका सचिव हुनुहुन्छ भने यादव नेपाली काङ्ग्रेसका सह–महामन्त्री हुनुहुन्छ । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ नै यादवलाई हराउनु भएको थियो ।