काठमाडौं– प्रतिनिधिसभा अन्तगर्त समानुपातिकतर्फको पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रस्थान कायम राखेको छ । अहिलेसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख ७० हजार १४२ मत प्राप्त गरेको छ । दोस्रोस्थान रहेको नेपाली काङ्ग्रेसको २२ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ ।

त्यसैगरी तेस्रोमा स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मत गणनामा नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर फराकिलो बनाउँदै लगेको छ । केही समयअघिसम्म थोरै मतले मात्र अगाडि माओवादीले अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर ह्वात्तै बढाएको छ । माओवादी केन्द्रले सोमबार अबेरर रातिसम्म १८ हजार ८६५ मतका साथ मतान्तर फराकिलो बनाउँदै लगेको छ ।

समानुपातिक मत परिणाम अनुसार नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा रहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४९ हजार ७२० मत पाएको छ भने छैटौं स्थानमा रहेर जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३ मत ल्याएको छ ।

अहिलेसम्म यिनै ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्ष एक सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउँछन् ।