फाइल तस्वीर


काठमाडौं – वर्तमान सत्ता गठबन्धनका मुख्य तीन दलका शीर्ष नेताहरुबीच आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिनेबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बाटुलाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच आज छलफल भएको हो ।

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । प्रेस संयोजक परियारगठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको बताएका छन् । प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिन अघि पनि भेटी छलफल गरेका थिए ।