काठमाडौं – नेपालमा आज थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ५ सय १२ जनाको पीसीआरविधि र ४ सय २८ जनाको एन्टिजेनविधिबाट परीक्षण गर्दा उक्त चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण कारण यस अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमित भएका मध्ये आज आइतबार ३८ जना सङ्क्रमण मुक्त भएका छन् भने देशभर २६३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।