एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीर


काठमाडौं –झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य भएको हुनसक्ने एमाले अध्यक्ष ओलीले आशङ्का व्यक्त गर्नुभएको छ ।

नवनिर्वाचित सांसद ओलीले ‘समानुपातिकको मतगणना भइरहेको छ । सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’ भन्दै ओलीले ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य पनि हुनसक्छ’ भनि सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले सामााजिक सञ्जालमार्फत् जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गर्दै ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले लेख्नुभएको छ । ओलीले कुन पार्टीको मत अस्वाभाविक आएको हो भन्नेचाहिँ खुलाएका छैनन् ।