सप्तरी – सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । गत २०७४ को प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए ।