काभ्रे – काभ्रे जिल्लाको क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ (दोङ) विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोङ ३४ हजार ५ सय १२ मतसहित विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामालाई पराजित गरेका छन् । एमालेका उम्मेदवार लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ण बहादुर विश्वकर्माले १ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् ।