गुल्मी – गुल्मी क्षेत्र न १ बाट प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाई ६ सय ५ मतान्तरले पराजित गरेका हुन् ।
कार्कीले १८ हजार ५ सय ९६ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी एमालेका फर्सुराम पाण्डेले १७ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् । गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस नेता डा.चन्द्र भण्डारी विजयी भएका छन् ।