कैलाली – कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण कुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले २१ हजार ८ सय ७१ मत प्राप्त गरेर विजयी भएका छन् भने, एमालेका उम्मेदवार रावलले १६ हजार १ सय २८ मत प्राप्त गरेका छन् ।