सप्तरी– सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका हुन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याएका छन् । एमालेका बालकृष्ण चौधरीले ५ हजार ८ मत ल्याएका छन् ।
गत निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा काङ्ग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याएका थिए । हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, काङ्ग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक/एक स्थानमा विजयी हासिल गरेको छ ।
सप्तरीका चार प्रतिनिधिसभामा जसपा, जनमत र काङ्ग्रेसका उम्मेदवार एक–एक स्थानमा निर्वाचित भएका छन् । बाँकी रहेको क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका तेजुलाल चौधरीले १० हजार ३ सय ८० मतका साथ अग्रता बढाएका छन् । चौधरीलाई जसपाका बालकिशोर यादवले आठ हजार चार सय १८ मतका साथ पछ्याइरहेका छन् ।