प्रतिनिधिसभा सदस्यमा निर्वाचित पन्त, फाइल तस्वीर ।


कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि डिल्लीराज पन्त विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका पन्त एमालेका उम्मेदवार नारदमुनि रानालाई पछिपार्दै निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पन्तले कुल २१ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका छन् । पन्तले रानालाई १ हजार ७१ मतले पछि पार्दैै संसद सदस्यमा निर्वाचित बनेका छन् ।

यसैगरी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रदेश (क) बाट माओवादी केन्द्रका उम्मेदवार रमेश धामी र (ख) बाट काङ्ग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार डिल्लीराज पन्त