काठमाडौं– हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि मत गणना भैरहेको छ । प्राप्त पछिल्लो मत गणनामा प्रत्यक्ष निर्वाचनमा दोस्रोस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ भने पहिलो हुँदै १० लाखभन्दा धेरै मत कटाएको छ । प्रत्यक्ष निर्वाचनमा अग्रस्थानमा रहेको नेपाली काङग्रेसको भन्दा ४८ हजारभन्दा बढी मत एमालेको देखिएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार ६३१ मत प्राप्त गरेको छ भने प्रतिनिधिसभा प्रत्यक्षमा तेस्रोस्थानमा रहेको नेकपा माओवादी केन्द्र भने ४ लाख ४२ हजार १३२ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ । जसपा नेपाल भने एक लाख २८ हजार ३५ मतसहित छैटौं स्थानमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १० स्थान जितेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले भने समानुपातिकमा अहिलेसम्म १ लाख मत कटाउन सकेको छैन । समानुपातिक तर्फको मत गणना जारी रहेको छ ।