प्रतिकात्मक तस्वीर

चितवन – भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन सकेको छैन ।