काठमाडौं– मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत परिणामहरुको अन्तिम परिणाम आइरकेको छ । सार्वजनिक भएको मत परिणामअनुसार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको परिणाममा अहिलेसम्म ११४ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ भने ४८ स्थानको मत गणना अझै जारी छ । बाँकी केही स्थानको मतगणना हुन सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेस पार्टीले धेरैस्थान जितेर पहिलो भएको छ भने नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पनि चौथो र पाँचो दल बनेका छन् । यस पटक दुवै सभामा मधेसवादी दलहरुको सिटसङख्या धेरै नै घटेको छ ।

प्राप्त नतिजाअनुसार नेपाली काङ्ग्रेसले प्रतिनिधिसभातर्फ ३९ स्थानमा जितेको छ भने १३ स्थानमा अग्रता बनाएको छ भने दोस्रोस्थानमा रहेको नेकपा एमालेले २८ स्थानमा जित निकाल्दा २१ स्थानमा अगाडि रहेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १२ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडि रहेको छ ।

प्रतिनिधिसभा सदस्यमा नयाँ पार्टीको रुपमा उदाएको नेकपा एकीकृत समाजवादीले १० स्थानमा जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित र १ स्थानमा अग्रता बनाएको छ । यसैगरी राजावादी भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता बनाएको छ ।

मधेसवादी दलका रुपमा चिनिएका र मधेसको विरासत बोकेको भनिएको मधेसवादी दलहरुको नतिजा खासै राम्रो देखिएको छ । जसमा जनता समाजवादी पार्टीले अहिलेसम्म २ स्थानमा मात्र जितेको छ भने ४ स्थानमा अग्रता बनाउँदा लोकतान्त्रिक समाजवादी पार्टीले २ स्थानमा जित निकाल्दा २ स्थानमै अग्रता लिएको छ । त्यसैगरी नागरिक उन्मुक्ती पार्टीले २ स्थानमा जित निकालेको छ भने १ स्थानमा अग्रस्थानमा रहेको छ । स्वतन्त्रले ८ स्थानमा जित निकालेका छन् ।