अमरेशकुमार सिंह, फाइल तस्वीर ।


सर्लाही– सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसबाट निष्कासित सिंहले नेपाली काङ्ग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।

सिंहले १७ हजार ७६८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी नगेन्द्रकुमारले १६ हजार २८८ मतमात्र ल्याएर पराजित हुन पुगेका छन् । नेपाली काङ्ग्रेस सर्लाहीले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई कारवाही गरेको थियो । सर्लाही जिल्लाका काङ्ग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाहीअन्तर्गत निलम्बन गरेका थिए ।