धनगढी – कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सांसद रञ्जिताले नेपाली काङ्ग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

रञ्जिताले ३० हजार ४०४ मत पाउँदा नेपाली काङ्ग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८ मत ल्याउनु भएको छ । यहाँ नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मतमात्र प्राप्त गर्नुभएको छ ।