फाइल तस्वीर


काठमाडौं – पूर्वीनवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार नेता शशाङ्क कोइराला निर्वाचित हुनुभएको छ । कोइराला नवलपरासी पूर्वक्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।

कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्नुभएको छ । पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी धनकुटामा एमालेका उम्मेदवार राजेन्द्र राई विजयी हुनुभएको छ । बिहीबार सकिएको मतगणनामा थापालाई १३९७ मत अन्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । निर्वाचन आयोगका अनुसार राईले ३० हजार १०१ मत पाएका छन् भने थापाले २८ हजार ७०४ मत पाएका छन् ।

यसैगरी मकवानपुरको निर्वाचन क्षेत्र नम्बर– १ बाट राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह निर्वाचित हुनुभएको छ । सिंहले नेपाली काङ्ग्रेसकी महालक्ष्मी ‘डिना’ उपाध्यायलाई २ हजार ३८० मतको फराकिलो अग्रताले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा सिंह निर्वाचित हुनुभएको हो ।

सिंहले २७ हजार ८१४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी डिना उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गर्नुभएको छ ।