रौतहट – रौतहटको क्षेत्र नं –१ बाट प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएको हो ।
नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार ५ सय २२ मत मात्रै प्राप्त गरेका छन् ।

नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गर्नुभएको छ । अघिल्लो निर्वाचन (०७४) मा एमालेबाट काठमाडौं २ बाट विजयी हुनुभएको थियो । एक वर्ष अघि नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालकै नेतृत्वमा नयाँ दल नेकपा(एकीकृत समाजवादी) गठन भएको थियो ।

सोही नयाँ दलबाट रौतहटको क्षेत्र नं –१ मा उम्मेदवार रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित हुनुभएको हो ।