प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशा शर्मा, फाइल तस्वीर ।
दाङ – हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर दुईबाट नेपाल कम्युनिस्ट पार्टी )माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा निर्वाचित हुनुभएको छ । शर्माले नेकपा एमालेका उम्मेदवार तथा उक्त पार्टीका महासचिव शङ्कर पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेखाले १५० भन्दाबढीको झिनो मतान्तर विजयी हुनुभएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भैसक्नु भएका पोखरेलको प्रतिनिधिसभा सदस्यभै सङ्घीय संसद्मा छिर्ने सपना अधुरो रहेको छ ।