प्रेम सुवाल, फाइल तस्वीर


भक्तपुर—भक्तपुर निर्वाचन क्षेत्र एकबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलाललाई पराजित गर्दै पुनः दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सुवालले ३० हजार मतान्तरसहित विजय प्राप्त गर्नुभएको हो ।

नेमकिपाका सचिवसमेत रहनुभएका सुवाल ४२ हजार ७६१ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले हुन् । सुवालका प्रतिद्वन्द्वीले ११ हजार ९६८ मतमात्र प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।