पर्वत – पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै विजयी भएका छन् । गिरी २ हजार २ सय ६३ मतको अन्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरेका छन् ।