पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर ।


गोरखा— प्रतिनिधिसभा सदस्य पदमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पकमल दाहाल ’प्रचण्ड’ निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले आफ्ना निकटम प्रतिस्पर्धी नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो ।

माओवादी केन्द्रका उम्मेदवार प्रचण्डले २६ हजार ५०३ मत प्राप्त गर्नुभएको भने उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बुर्लाकोटीले १२ हजार ६३६ मत प्राप्त गर्नुभएको छ । प्रचण्डले बुर्लाकोटीलाई १३ हजार ८६७ मतान्तरले उछिन्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते आइतबार सम्पन्न निर्वाचनमा उहाँ गोरखा निर्वाचन क्षेत्र २ का लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएको थियो ।