कञ्चनपुर – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५ सय २३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४ सय ४८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् । प्रतिनिधि सभाको ३ हजार ६ सय ९९ मत बदर भएको छ ।