बारा – नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ । बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीले दोस्रो जित निकालेको हो । बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ २० हजार २ सय ९१ मत प्राप्त गरेका छन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरेका छन् । मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरेकी छन् । निर्वाचन आयोगले मतपरिणाको औपचारिक घोषणा भने गर्न बाँकी छ ।