काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाका १४ स्थानमा विजय हात पारेको छ । अहिलेसम्म प्रतिनिधिसभाका ३ क्षेत्रमा मात्रै माओवादी उम्मेदवार विजयी हुँदा प्रदेशसभामा भने माओवादीले तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएको छ ।

माओवादी केन्द्रबाट प्रदेशसभामा विजयी हुने उम्मेदवारहरुमा ओखलढुङ्गा (क) बाट बाबुराम गौतम, म्याग्दी (ख) बाट रेशम सिंजाली, सिन्धुली २ (क) बाट गङ्गा श्रेष्ठ, गोरखा १ (क) बाट कृष्ण धिताल, गोरखा २ (क) बाट फडिन्द्र देवकोटा, रोल्पा १ (क) बाट जोखबहादुर महरा, दार्चुला (ख) बाट मानबहादुर धामी, पर्सा १ (क) बाट रहबर अन्सारी, रसुवा (ख) बाट इन्द्र गौतम, रौतहट ४ (क) बाट युवराज भट्टराई, उदयपुर २ (क) बाट नारायणबहादुर मगर, सिन्धुपाल्चोक २ (क) बाट युवराज दुलाल, डोटी १ (ख) बाट शिवसिंह ओली र कञ्चनपुर २ (क) बाट ओमविक्रम भाट रहेका छन् ।