फाइल तस्वीर
काठमाडौं, प्रतिनिधिसभा सदस्यमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ र ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई नम्बर निर्वाचन क्षेत्रबाट २७ वर्षीया सोविता गौतम विजयी हुनुभएको छ भने निर्वाचन क्षेत्र नम्बर ८ बाट विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ ।
काठमाडौं क्षेत्र नं २ बाट विजयी गौतमले १५ हजार दुई सय २९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी काठमाडौं क्षेत्र नं ८ बाट विजयी प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
काठमाडौ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुनुभएको छ। एमालेका श्याम कुमार घिमिरे र सत्ता गठबन्धकी उम्मेदवार मानुषी यमी भट्टराई (अस्मिता सिंह) लाई पछि पारे विजयी हुनुभएको हो ।


पराजुलीले ८ हजार ७४३ तथा घिमिरेले ६ हजार ८ सय मत ल्याए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषिले ६ हजार ६३ मत प्राप्त गर्नुभएको छ ।