काठमाडौं – उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमामा नेकपा (एकीकृत समाजवादी) का जगन्नाथ खतिवडालाई हराउँदै नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाउनुभएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३ सय ७९ मत ल्याउँदै तेस्रो हुनुभयो ।