फाइल तस्वीर


काठमाडौं– मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । कुल १६५ निर्वाचित सदस्य रहने प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म ५ जना निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेमा नेपाली काङ्ग्रेस ४ जना र नेकपा एमालेका एक जना विजयी भएका छन् ।

यसैगरी प्रदेशसभाको ३३० सदस्यका लागि भएको निर्वाचनमा अहिलेसम्म नेपाली काङ्ग्रेसबाट ४ जना, एमालेबाट १ जना, जनमत पार्टीबाट १, हाम्रो नेपाली पार्टी (चौरो चुनाव) बाट १ जना निर्वाचित भएका छन् ।


अहिलेसम्मको प्राप्त नतिजा अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेस ४६ स्थानमा, नेकपा एमालेले ३६ स्थानमा, नेकपा माओवादी केन्द्रले १३ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ स्थानमा, स्वतन्त्रले ७ स्थानमा, नेकपा एकीकृत समाजवादीले ७ स्थानमा अग्रता बनाएका छन् ।


यसैगरी, नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा, जनता समाजवादी पार्टीले ३ स्थानमा अग्रता लिएका छन् । जनता समाजवादी पार्टीले ३ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टीले २ स्थानमा अग्रता बनाएका छन् ।


प्रदेशसभातर्फ नेपाली काङ्ग्रेसले ६ स्थानमा, नेकपा एमालेले १२, नेकपा एसले ८, स्वतन्त्रले ५, जनमत पार्टी ४, नेकपा माओवादी केन्द्रले तीन, राप्रपाले २, जसपाले २, लोसपाले २ स्थानमा अग्रता बनाएका छन् । निर्वाचनको मत गणनाको परिणामा आउनेक्रम जारी छ ।