काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन् ।

यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७ सय २५ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५ हजार २ सय ७९ मत प्राप्त गरेकी छिन् ।