गुल्मी– गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती मा.वि.को (क) र (ख) केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र दिनुपर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई बाँडिएपछि विवाद भएर मतदान स्थगित गरिएको थियो ।

भगवती मा.वि.को (क) र (ख) केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने भएको बताइएको छ । गुल्मी १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका प्रदीप ज्ञवाली र नेपाली काङ्ग्रेसका चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी रहेका छन् ।