फाइल तस्वीर


महोत्तरी – पछिल्लो प्राप्त मत गणनाको परिणामअनुसार महोत्तरी जिल्लाको निर्वाचन एकमा नेकपा (माओवादी केन्द्र)का का उपमहासचिव गिरिराजमणि पोखरेल अग्रतास्थानमा रहेका छन् । पोखरेललाई एमालेका उम्मेदवार लझ्मी महतो कोइरीले पछ्याइरहेका छन् ।

उक्त निर्वाचन क्षेत्रको चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत प्राप्त गरी पोखरेललाई पछ्याइरहेका छन् । माओवादी केन्द्रका उपमहासचिव एवम् गठबन्धनका साझा उम्मेदवार पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भै शिक्षामन्त्रीको जिम्मेवारी समेत समातेका थिए ।

यसैगरी रोल्पा जिल्लाको प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनःले नेपाली काङ्ग्रेसका अमरसिंहलाई पछि पार्दै अग्रस्थानमा कायम रहेका छन् । माओवादी केन्द्रका उपमहासचिव पुनले अघिल्ला निर्वाचनमा पनि यसै जिल्लाबाट निर्वाचित भै पटक पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवारभन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत प्राप्त गरेका छन् ।