नेपाली काङ्ग्रेसका प्रकाशमान सिंह, फाइल तस्वीर
काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र १ बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त प्राप्त गर्नुभएको थियो । सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने भएको हो ।

मङ्सिर ४ गते आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत परिणाम आउनु क्रम सुरुभएको छ । यसैगरी ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ ।