भरतपुर – चितवन २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ । इच्छाकामना नगरपालिकाका २ वटा वडाको गणना सकिँदा उनको अग्रता कायमै छ ।

२ हजार २ सय ८५ मत गणना हुँदा एमालेका उम्मेदवार पोखरेलले १ हजार १ सय ४४ मतका साथ अग्रता लिइरहेका छन् । यस्तै, नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ७ सय ४ मतका साथ पछ्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जम्मा २ सय ६० मत मात्र प्राप्त गरेका छन् ।