रोल्पा – रोल्पाका सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले सुरुवाती चरणमै अग्रता लिएका छन् । कुल १ हजार १६ मत गणना हुँदा नेता पुनले ६ सय ९० मत ल्याएका हुन् ।

एमालेका पूर्णबहादुर बुढामगरले २ सय ८ मत र राप्रपाका लिला रावलले ८१ मत ल्याएका छन् । रोल्पाको लिवाङमा मत गणना जारी छ ।