फाइल तस्वीर


कैलाली – कैलालीको एक नम्बर निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायम गरेकी छन् । उक्त पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ६९ मत प्राप्त सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेस रामजनम चौधरीले १६० प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले २६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टंकप्रसाद जैशी (ढुङ्गाना)ले ११ मतमात्र पाएका छन् । कैलाली– १ को मतगणना इलाका प्रशासन कार्यालय टीकापुरको भवनमा भइरहेको छ ।