तस्वीर, निर्वाचन आयोग ।


काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गर्नुभयो भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।