फाइल तस्वीर

काठमाडौं – दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ९ को मत गणनाको काम भैरहेको छ । प्राप्त मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार कल्पना धमलाले तीन सय ४५ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत खत्रीका अनुसार दिउँसो १ बजेसम्म भएको दुई हजार २८६ मतगणनामा भएको छ । जसमा ९६ मत बदर भएको छ