फाइल तस्वीर


भक्तपुर – भक्तपुर जिल्लाको क्षेत्र नम्बर दुईमा मत सदर र बदरको विवादले मतगणना रोकिएको छ । प्रारम्भिक मत गणनामा नेपाली काङग्रेसका दुर्लभ थापा २ हजार २३० मत सहित अग्रस्थानमा रहेका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ मत प्राप्त गरेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसबाट दुर्लभ थापा, एमालेबाट महेश बस्नेत, जनता समाजवादीबाट दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर प्रतिस्पर्धामा रहेका छन् ।

कुल ९१ हजार ९११ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभको हिजो सम्पन्न निर्वाचनमा ६५ हजार ७७५ मत खसेको थियो । मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो । आज बिहान साढे २ बजेबाट मतगणना सुरु भएकोमा सदर र बदर मतमा विवाद हुँदा यतिबेला मत गणनास्थगित भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताएका छन् ।