फाइल तस्वीर


काठमाडौं – ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुई मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले एक हजार ४७७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।

यसैगरी, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार ४९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार ४९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार ४२७ मत र अन्यले २१८ मत प्राप्त गरेका छन् ।

कूल ८१ हजार आठ सय ९७ मतादाता रहेको यस निर्वाचन क्षेत्रमा हिजो ५२ हजार आठसय ८२ मत खसेको थियो । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ । भोलिसम्ममा यहाँको मत परिणामले कस्ले जित्ने भन्ने एक खालको आङ्कलन गर्नसक्ने अवस्था आउने छ ।