फाइल तस्वीर

दैलेख – दैलेख क्षेत्र नम्बर १ को ठाटीकाँध गाउँपालिकाका मतदान अधिकृत ज्वालाप्रसाद खनाल मतपेटिका छोडेर सुत्न गएपछि विवाद उत्पन्न भएको छ । खनालले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा छोडेर हिंडेका थिए ।

आइतबार बेलुका वडा नम्बर २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयमा रहेको केन्द्रका मतपेटिका मतदान अधिकृत खनालले प्रहरी चौकीमा छोडेका थिए ।

दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको र विवाद समाधानका लागि सर्वदलीय बैठक जारी रहेको बताए ।