फाइल तस्वीर


ललितपुर – हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका छन् भने उनलाई पछ्याउँदै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेता पम्फा भुसाल दोस्रो स्थान छन् । एमालेका उम्मेदवार खड्काले ७८४ मत ल्याउँदा माओवादी केन्द्रकी भुसालले ६९४ मत प्राप्त गरेकी छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसीमाको ६७४ मत छ । अहिलेसम्मको मत गणना गर्दा ७० मत बदर भएको छ ।
ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा ६१ हजारभन्दा मत खसेको छ । खसेको मतलाई हेर्दा भोलि दिउँसोसम्ममा मात्रै कस्ले जित्ने भनेर केही आधार बन्न सक्ने देखिन्छ । अहिलेसम्म त्यहाँ करिब २ हजार ५ सयभन्दा केही बढी मत गणना भएको छ ।