फाइल तस्वीर


काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि हिजो आइतबार भएको निर्वाचनको मत गणना गर्ने कार्य प्रारम्भ भएको छ । निर्वाचन आयोगले हिजै राती नौ बजेदेखि काठमाडौं र तराईको मत गणना गर्ने भनिएता पनि मत गणनाको काममा ढिलाई हुन गएको हो ।

मत गणनाका लागि सर्वदलीय बैठकको निर्णय आवश्यक पर्ने भएकोले सहमति जुटेपछिमात्र मत गणना गर्नु पर्दा मत गणना गर्ने कार्यमा ढिलाई हुन पुगेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रको मत गणनाको काम भै रहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरलगायत काभ्रेपलाञ्चोक, सप्तरी, पूर्वीनवलपरासी, मुस्ताङलगायत विभिन्न जिल्लामा मत गणना भैरहेको छ । पछिल्लो मत गणनाको परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी,लेनिनवादी) ले अग्रता लिएको छ । उसले ७ स्थानमा अग्रता कायम राखेको छ ।

यसैगरी दोस्रो स्थानमा नेपाली काङ्ग्रेस रहेको छ र उसले २ स्थानमा अग्रता लिएको छ भने क्षेत्रीय दल जनमत पार्टीले १ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा प्रारम्भिक मत गणतामा अग्रता लिएका छन् ।