फाइल तस्वीर ।


काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्न गै देशको मौसममा चिसो बढ्न थालेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव परेकोले चिसो बढ्न थालेको हो जाडो मौसम सुरुभै तापक्रम क्रमिक रूपमा घट्दै जाने भएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार प्रदेश नम्बर एक लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने छ । भोलि मङ्गलबार पनि प्रदेश नम्बर एक लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।