साङ्केतिक तस्वीर


बाजुरा – बाजुराको त्रिवेणी नगरपालिकामा राजनीतिक दलका कार्यकताहरुबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिनेक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का करिब २८ वर्षीय सन्दीप अयडी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उक्त घटनामा केही स्थानीय व्यक्ति समेत घाइते भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरले घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । दलका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु भएको थियो ।