फाइल तस्वीर


काठमाडौं – जारी प्रतिनिधिसभा र प्रदेशसभा समस्यको निर्वाचनका क्रममा केही मतदान केन्द्रहरुमा झडप हुँदा समयमै मतदान सुरू हुन सकेको छैन । आइतबार दिउँसो १ बजेसम्ममा २५ जिल्लाका ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार ’४४ स्थानमा मतदान स्थगित भए पनि ३१ स्थानमा पुनः मतदात सुरु भैसकेको छ भने १३ मतदान स्थलमा भने मतदान सुरू हुन सकेको छैन । विभिन्न १५ स्थानमा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको छ प्रहरी प्रवक्ता राईले बताउनु भयो ।

आज आइतबार १६५ प्रतिनिधिसभा सदस्यका लागि प्रदेशसभा सदस्यको ३३० सिटका लागि निर्वाचन भैरहेको छ । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेको यस निर्वाचनमा अपेक्षाकृति रुपमा मतदाताको उत्साहमा कमि देखिएको र कतिपय मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून रहेको पाइएको छ । दिउँसो १२ः३० बजेसम्म ३२ प्रतिशतको हाराहारीमा मत खसेको आयोगले जनाएको छ । अपरान्ह ५ बजेसम्म मतदानको प्रतिशत बढ्ने बताइएको छ ।

मतदान केन्द्रमा भएको झडपका कारण केही मतदान केन्द्रको निर्वाचनसमेत रोकिन पुगेको आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ ।