माधवकुमार नेपाल, फाइल तस्वीर


रौतहट – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।


यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) मतकेन्द्रबाट मतदान गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) मतकेन्द्रबाट मतदान गर्नुभएको हो ।