प्रमुख निर्वाचन आयुक्त, फाइल तस्वीर ।

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न खटिएका कर्मचारीलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त थपलियाले भोलि आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको हुनलागेको निर्वाचन स्वच्छ, निश्पक्ष गराउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

निर्वाचन आयोगको प्रमुख आयुक्त थपलियाले आज शनिबार विशेष निर्देशन जारी गर्दै ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नाेस् ’ –भनि निर्देशन दिनु भएको छ ।

‘निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन् । तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस्’– प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्देशन थियो ।

राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य गर्नन र मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न भनिएको छ ।