काठमाडौँ – सत्ता गठबन्धनले आज काठमाडौँको कोटेश्वरमा चुनावी सभा गर्दैछ । काठमाडौँ – २ निर्वाचन परिचालन समितिको आयोजनामा आज दिउँसो १ बजे हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गठबन्धनतर्फबाट सो क्षेत्रमा पूर्वसभामुख ओनसरी घर्ती प्रतिनिधि सभा उम्मेदवार छिन् । साथै प्रदेश सभा क्षेत्र(क) मा कांग्रेसका ध्रुव केसी र (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाल उम्मेदवार छन् । आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले सत्ता गठबन्धनको यो अन्तिम चुनावी सभा हो ।