फाइल तस्वीर


काठमाडौं – सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले मङ्सिर ४ गते आइतबार हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको बताउनु भएको छ । सचिव सिंहले मतदाताहरुलाई निर्धक्क भएर मताधिकार प्रयोग गर्नसमेत आग्रह गर्नुभएको छ । देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भई मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको मन्त्रालयको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चित गरिएको भन्दै गृहसचिव सिंहले ‘हामीले सबै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरु सम्पन्न गरिसकेका छौं । त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरुसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनका आधारमा सुरक्षा व्यवस्था चुस्त रहेको’ दावी गर्नुभएको छ ।

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो । मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको गृहसचिव सिंहले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यको १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशको ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार रहेका छन्  । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । मतदानका लागि देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र छन् । निर्वाचनका लागि दुई लाख ४७ हजार