भरतपुर – चितवन क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका– १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो ।

चुनावी प्रचारमा घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडिमा मोटरसाइकल चढेर आएका ६ जनाले इँटा प्रहार गरेको गाडीका चालक जितबहादुर रानाले जानकारी दिएका छन् । गाडीको अगाडिको सिसामा क्षति पुगेको छ । भाइजर पनि फुटेको छ ।

उक्त गाडि अगाडि रहेको प्रदेश ३–०१– २४ च ९०६१ नम्बरको निसानको म्याग्नेट गाडीको सिसा पनि फुटाएका छन् । डीएसपी नरहरि अधिकारीले घटनाको छानबिन सुरु गरिएको बताउनुभयो ।